सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले दिए तमु ल्होसारको शुभकामना

 १५ पुष २०७८, बिहीबार  

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले तमु ल्होसार पर्वको शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक संजाल मार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष अन्सारीले देशविदेशमा रहेका सबै नेपालीहरूलाई सु-स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएको भन्दै अध्यक्ष अन्सारीले नेपाली समाजको यही विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश रहेको उल्लेख गरेका छन् ।

देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ भएकोले यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै