बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सिके राउत कार्यकर्ता र प्रहरीबीच झडप, ८ सुरक्षाकर्मी घाइते – राउतका ८ कार्यकर्ता घाइते

 १९ पुष २०७८, सोमबार  

धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

आइतबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो । झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनालाई रबर गोली लागेको छ । प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेपनि स्थिती नियन्त्रणमा आउन सकेको छैन । अहिले गदार चोक तनावग्रस्त छ । राउतका कार्यकर्ताहरु भाटा लिएर सडकमा निस्किएका छन् ।

आइतबार दिउँसो भाटासहित उपस्थित भएका राउतका कार्यकर्ताहरुले राजमार्गमा मुढा तेर्साएर सडक अवरुद्ध गर्न खोजेका थिए । त्यसक्रममा प्रहरीले सडक खुलाउने क्रममा झडप भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै