बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अब राप्रपाले सडक आन्दोलन गरेर राजा ल्याउँछ : राजेन्द्र लिङ्देन

 २० पुष २०७८, मंगलवार  

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्रसहितको राजा ल्याउन निर्वाचनमा बलियो हुन पार्टी कार्यकर्तालाई सुझाव दिएका छन् ।

मंगलबार जनकपुरधामको रेल्वे स्टेशनमा आयोजित राप्रपा प्रदेश न.२ कमिटीले गरेको प्रदेश आम सभामा लिङ्देनले हिन्दुराज्यसहित राजा ल्याउन सडकमा आन्दोलन गर्नुपर्ने आफ्नो कार्यकर्तालाई बताएका छन् ।

लिङदेनले कांग्रेस, एमाले र माओवादी पार्टीलाई विरोध गर्दै लोकतन्त्र र गणतन्त्रलाई सखाप पार्ने आफ्ना कार्याकर्तालाई प्रशिक्षण गराउदै टिप्पणी गरेका छन् ।

“राजसंस्थाप्रति जनतामा आकर्षण बढेको हुनाले हाम्रो पार्टीले चुनावमा राम्रै नतिजा हात पार्न सक्छ। सबैलाई योग्यता, क्षमताअनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने” उनको भनाइ छ।

जनकपुर-जयनगरको अहिलेसम्म चलाउन नसकेकोमा सरकारमा बसेका भ्रष्ट नेताकै कारण जनाउदै उनले आरोप लगाए। यस्तै, जनकपुर चुरोट कारखाना किन बन्द भयो भनेर पनि टिप्पणी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै