सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

क्यान्सर रोगीहरूलाई मासिक भत्ता उपलब्ध गराउछौ : मुख्यमन्त्री राउत

 २४ पुष २०७८, शनिबार  

मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारबाट मासिक भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औ केन्द्रिय सभामा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट क्यान्सर पीडितहरु उपचारका लागि एक लाख राहत पाउदै आएकोमा अब कानून नै बनाएर उपचार खर्चको साथै मासिक भत्ताको समेत व्यवस्था गरिने प्रतिबद्धता जनाउनु भयो ।

प्रदेशमा क्यान्सरको उपचार हुन नसकेको अवस्थामा संस्थाले लहानमा स्थापना गर्न लागेको क्यान्सर अस्पतालमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु हुँदै मुख्यमन्त्री राउतले क्यान्सर प्रमुख कारक धुम्रपान न्युनिकरणमा प्रदेश सरकार कडाईका साथ प्रस्तुत हुने जनाउनु भयो ।

प्रदेशको स्वास्थ्य संस्थाहरुको अवस्था दयनिय रहेको अवस्थामा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर सुधारको प्रयास थालेको उल्लेखगर्नु हुँदै मुख्यमन्त्री राउतले प्रादेशिक जनस्वास्थ्य ल्याब मुलुककै नमूना ल्याबको रुपमा स्थापित हुन लागेको दावी समेत गर्नु भयो ।

संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, पूर्व गणेश साह, सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै