बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरका १०१ गरिब परिवारलाई ‘धनुषा चेम्बर अफ कमर्स’द्वारा कम्बल वितरण

 २४ पुष २०७८, शनिबार  

धनुषा : चिसोबाट प्रभावित जनकपुरका १०१ गरिब तथा विपन्न परिवारलाई “धनुषा चेम्बर अफ कमर्स” द्वारा कम्बल वितरण गरिएको छ ।

शनिबार कम्बल वितरण कार्यक्रम आयोजना गरि हरेक समुदायका गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो।

यस कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, विशिष्ट अतिथि वडा अध्यक्ष जानकी राम साह र कार्यक्रम संयोजक सलामत राईन लगायत दर्जनौं समाजसेवीको उपस्तिथि रहेको थियो।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको हुदा आज कम्बल वितरण गरेको हो र अझै कार्यक्रम ल्याई जनताको सहयोग गर्ने कार्यक्रमका संयोजक सलामत राईनले प्रतिबद्धता जनाउँदै बताएका छन्।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको धनुषा चेम्बर अफ कमर्सका टिमले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै