बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रेल्वे ट्र्याक साप्ताहिक सरसफाइ अभियान चौथो वर्षमा प्रवेश, तेस्रो वार्षिकोत्सव रक्तदान गरि मनाइयो

 २४ पुष २०७८, शनिबार  

धनुषा : रेल्वे ट्र्याक साप्ताहिक सरसफाइ अभियान ३ वर्षपछि चौथो वर्षमा प्रवेश गरेको छ । सो अभियानको तेस्रो वार्षिकोत्सवको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शनिबार सरसफाइ अभियानको तेस्रो वार्षिकोत्सव अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रगत बिनाको जीवन अकल्पनीय छ। स्वेच्छाले रक्तदान गर्नुलाई रक्तदान भनिन्छ। दुर्घटनामा परी ज्यान गुमाउने व्यक्तिलाई बचाउने एकमात्र उपाय रक्तदान हो । यसैलाई मध्यनजर गर्दै आज सरसफाई अभियानकर्मी रुबी झाको अध्यक्षता र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको प्रमुख अतिथिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रमा ३७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रेडक्रस धनुषाका अध्यक्ष नरेश सिंह, सहायक जिल्ला अधिकारी दर्शनी कुमारी, धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरे, वडा नं १ का अध्यक्ष शत्रुधन साह, भोगेन्द्रलाल कर्ण, दुधामटी सरसफाई अभियानकर्ता सुदीप मण्डललगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै