बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालगञ्ज नाकामा ३७ जनामा कोरोना संक्रमण पुष्टि

 २६ पुष २०७८, सोमबार  

काठमाडाैं। नेपालगञ्ज नाकामा गरिएको काेराेना परीक्षणमा सोमबार ३७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्जको जमुनाहाका नाकामा भारतबाट फर्केको ६ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोभिड संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

भारतका विभिन्न सहरबाट फर्कनेहरुमा कोरोना भाइरस संक्रमण देखिनेक्रम बढेको उनले बताए । शनिबार ४९ र आइतबार नाकामा ३९ जनामा संक्रमण पुष्टी भएको थियो ।

उनका अनुसार नाकामा हालसम्म ५ सय ९२ जनामा कोभिड संक्रमण देखिएको छ । नाकामा दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गरेको छ ।

नेपालगञ्जको जमुनाहा नाकामा कोरोना देखिएका अधिकांश पहाडी जिल्लाका छन् । उनीहरूलाई केही दिन आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाइने वलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै