बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

उत्तर कोरियाद्वारा फेरि मिसाइल प्रक्षेपण

 २७ पुष २०७८, मंगलवार  

एजेन्सी । उत्तर कोरियाले फेरि मिसाइल प्रक्षेपण गरेको छ ।

हाइपरसोनिक मिसाइल परीक्षण गरेको एक हप्ता पनि नबित्दै उत्तर कोरियाले मंगलबार मिसाइल प्रक्षेपण गरेको हो ।

पछिल्लोपटक परीक्षण गरिएको ब्यालेस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ७ बजेर २७ मिनेटमा मिसाइल डिटेक्ट भएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । जापानका तटरक्षकहरुले पनि मिसाइल परीक्षण भएको बताएका छन् ।

उनीहरुका अनुसार उत्तर कोरिया तर्फबाट ब्यालेस्टिक मिसाइल जस्तो वस्तु आएको हो । केही दिनअघि उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको बताएको थियो ।

त्यसपछि अमेरिका, दक्षिण कोरिया, जापानसहितका देशले वक्तव्य जारी गरेर अस्थिरता उत्पन्न हुने खालका गतिविधि नगर्न उत्तर कोरियासँग आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै