जनकपुर : रेल्वेको तालिम ताल्चा लगाएर नै किन ? पत्रकारलाई समाचार संकलनमा अवरोध
धनुषा : नेपाल रेल्वे कम्पनीले आज जनकपुरधामस्थित मत्स्य विकास केन्द्रमा नयाँ ५५ जनालाई तालिम दिन खोज्दा यस अघि तालिम लिएकाहरुले आन्दोलन थालेका छन्।
कर्मचारीलाई तालिम दिइरहेको बेला समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रहरीले दुव्र्यवहार गरेका हुन्। यता मत्स्य विकास केन्द्रको प्रवेशद्वारमा ताल्चा लगाएको ठाउँमा पूराना कर्मचारीहरुले आफुलाई समायोजनका लागि नारा लगाउदै विरोध गरिरहेको थियो।
कान्तिपुर टेलिभिजनका जनकपुरधाम संवाददाता पत्रकार अमरकान्त ठाकुरलाई प्रहरीले धक्का दिदै बाहिर निकालेको थियो। “जनकपुरमा पत्रकारमाथि दुर्व्यवहारका घटना पटक–पटक भए पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन, भएको भए यस्ता घटना दोहोरिने थिएनन्।” समाचार संकलनमा रहेका एक पत्रकारले भने।
नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बिना कुनै सुचनाको आधारमा नयाँ ५५ जनालाई नियोजित तरिकाले नियुक्त गरी तालिम दिन थालिएपछि पूरानाहरु आन्दोलित भएका थिए। एक्कासी सूचना निकालेर नवनियुक्त महाप्रवन्धकले हटाएपछि उनीहरुले आफूहरुलाई पूनः समायोजन गर्न माग गरेका छन्।