जनकपुर: प्रादेशिक अस्पतालको सेवामा बिरामीको असन्तुष्टि, लामोसमय लाइनमा कुर्नु पर्ने बाध्यता
धनुषा : प्रदेश न.२ को राजधानी समेत रहेका जनकपुरस्थित सरकारी प्रादेशिक अस्पतालले उचित सेवा दिन नसकेको बिरामीको गुनासो छ ।
प्रादेशिक अस्पतालमा बिरामीको बिल तिर्न र औषधि लिन लामो समय लाइनमा बस्नुपरेको छ। अस्पतालमा भर्ना भएका बिरामीका अनुसार प्रदेश न.२ को सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको प्रादेशिक अस्पतालले विरामीलाई सोचेअनुरुप सुविधा दिन सकेको छैन । चेकअपका लागि बिरामी लामो समयसम्म लाइनमा बस्छन्, तर बिरामी भर्ना गर्नुपर्दा अस्पतालमा शैयाको अभाव हुन्छ ।
प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीका अभिभावक अस्पतालको सेवा सुविधाप्रति असन्तुष्ट छन् । बिरामीको हेरचाह गर्न बस्ने हेरचाह गर्नेलाई खाना खाने ठाउँ छैन। र महिलाको लागि नुहाउने ठाउँको व्यवस्था छैन। ‘यहाँ सामान्य रोगको उपचार पाउन गाह्रो छ,’ एक बिरामीले भने ।
यसैबीच सरकारी अस्पतालमा कर्मचारीको ढिलाइ, लापरवाही, फोहोरमैला लगायतका अनेकौं समस्या नागरिकको गुनासोको विषय बनेको छ । जनकपुर प्रादेशिक अस्पताल सरकारी अस्पताल भए पनि नि:शुल्क छैन । यहाँ बिरामीले हरेक रोगको नि:शुल्क उपचार नपाउने र नि:शुल्क औषधि पक्कै पनि नपाएको बिरामीका अभिभावक र सर्वसाधारणले गुनासो गरेका छन्।
सरकारी अस्पतालसँग सम्बन्धित स्वास्थ्य सेवाको फोहोर व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको देखिएको छ । संक्रमित फोहोर एकै ठाउँमा लामो समयसम्म थुप्रिएको पाइएको छ । कुनै पनि संक्रमण वा रोगको फैलावट रोक्न अस्पतालको शौचालय राम्रोसँग व्यवस्थित हुनुपर्छ। तर प्रदेश २ को सरकारी अस्पतालमा शौच गर्न गएका उनीहरु निराश छन् । यहाँका अस्पतालहरू धेरै दुर्गन्धित र फोहोर छन्, त्यहाँ जाँदा नाक छोप्नु पर्छ।
यस्तै अस्पतालमा नि:शुल्क उपचार औषधि नपाउँदा बिरामीलाई उपचारका लागि अर्को अस्पतालमा धकेल्ने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको कथन छन् ।