बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

किसान आन्दोलनका समर्थकद्वारा जनकपुरमा महारैली, ११ बुँदैको माग

 ३० पुष २०७८, शुक्रबार  

किसान आन्दोलनका समर्थक जनमत पार्टीले आज २२औं जिल्लाका सदरमुकाममा महारैली निकालेका छन्।

शुक्रबार धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा किसान आन्दोलनका समर्थक जनमत पार्टीले महारैली निकालेका हुन्।

किसानलाई समयमा सहज रुपले मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था, निःशुल्क बिजुली, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन जारी राखेको छ।

किसान आन्दोलनको महारैली जनकपुरको रमानन्द चौकबाट सुरु भएको छ।

समर्थकहरु:
किसान संघर्ष समिति धनुषा
ग्यास व्यवसाय संघ धनुषा
राष्ट्रिय तत्मा समाज नेपाल
उखु किसान समाज धनुषा
सुर्ती कृषक संघ धनुषा
नेपाल भेरियर समाज
नेपाल बसिय युवा महासंघ प्रदेश न.२ कमिटी इत्यादि ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै