सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

स्थायी राजधानी र नाममा टुङ्गो लागेपछि जिल्ला युवा संजाल धनुषाले मनाए जनकपुरधाममा दिपावली

 ३ माघ २०७८, सोमबार  

जनकपुरधाम : प्रदेश न.२ को स्थायी राजधानी र नामाकरण भएपछि जिल्ला युवा संजाल धनुषाले दिप प्रजवलन गरि शुभकामना साटासाट गर्दै दिपावली मनाएका छन्।

निवर्तमान प्रदेश न.२ को नाम “मधेश प्रदेश” र स्थायी राजधानी “जनकपुरधाम” भएपछि सोको खुसियालीमा युवा संजालले दिप प्रजवलन गरि उत्सव मनाएका हुन्।

प्रदेश सरकारको निर्णयको स्वागत गर्दै सञ्जालका महासचिव कुलदीप साहले आफूसहित प्रदेशवासी खुशी भएको बताएका छन् । वीरगञ्ज आफैमा आर्थिक राजधानी रहेकाले जनकपुरधाम राजधानी भएकोमा दुखी हुनुपर्ने अवस्था नरहेको उनको कथन छन्। प्रदेश सरकारले पहल गरेर वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने महासचिव साहले बताएका छन् ।

प्रदेशको नाम र राजधानीको टुङ्गो लागेपछि त्यसको खुशियालीमा दिपावली मनाएका छन् ।  उक्त कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, वोरेक नेपालका प्रोजेक्ट कोअर्डिनेटर रोजनी बछार, प्रदेश संयोजक बिकास बन्जरा, इनसेक नेपालको प्रोग्राम फोकल पर्सन बरुन बसयाल, उन्नत नेपालको अध्यक्ष नगेन्द्र साह, ब्लु डायमन्डको प्रदिप यादव, गणेश युवा कमिटीको अध्यक्ष र जिल्ला युवा संजालका अध्यक्ष धिरज साह, कोषाध्यक्ष खुश्बु साह, तस्बिर क्रेडिट बुधेश्वर राजक, चन्द्रदेव साह लगायत दर्जनौं युवा, अभियन्ता र समाजसेवीको उपस्तिथि रहेकोे थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै