बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

शीतलहरले घेरिन थाले मधेसका गरिब बस्ती, जनतालाई सहयोगको खाँचो नेता हराउँछन् : तनविर रेजा राइन

 ४ माघ २०७८, मंगलवार  

जनकपुरधाम : मधेसमा बाक्लो कुहिरो र शीतलहर एक दशकपछि पत्रकारका लागि समाचार बन्न थालेको छ। मधेस प्रदेशका कयौं ठाउँमा सुकुम्बासी, गरिब,  असहाय र मुसहर समुदायको बस्तीमा न्यानो कपडा र रजाई किन्न सक्ने अवस्था छैन।  चिसोका कारण पीडितले निदाउन सकेका छैनन् ।

चुुनावका बेला थरिथरिका आश्वासन दिने नेता अर्को चुनाव नआएसम्म बस्तीमा देखिदैन। मधेसमा शीतलहरका कारण पीडित बन्दै गएका गरिब बस्तिमा मानिसले कसरी जाडो छलिरहेका छन् भन्ने समाचार लेख्न मन लाग्यो। यस बस्तीमा वर्षामा घर डुबान र शीतलहरमा चिसोको पिरलो खप्नु परेको छ । पराल ओछ्याएर चिसो भुइँमा ओढ्ने पुरानो कपडाले शरीरलाई न्यानो बनाउछन्। शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले ज्यानलाई जतन गरेर राखेका छन्। आर्थिक स्थिति कमजोर हुने देहातका सुकुम्बासी मुसहर समुदायमा बर्सेनी शीतलहर कहर बनेर आउँछ ।

मधेसका जिल्लाहरुका गरिब बस्तीहरुमा सहयोगको खाँचो छ, सहयोगी हातहरुको, मनहरुको खाँचो छ। जाडो छल्न यहाँका बासिन्दा परालसँगै घरका पुराना कपडा बेरेर ओढ्न र ओछ्याउनका लागि प्रयोग गर्छन्। शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन् । चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र गुइँठा बालेर जीवनयापन गर्नु बाध्यता बनेको छ ।

हुनखानेले ज्यान जोगाएको छ ।  आर्थिक अवस्था खस्किँदै गएको ग्रामीण क्षेत्रका सुकुम्बासी मुसहर समुदायलाई वार्षिक शीतलहरले तहसनहस पार्छ। शीतलहरको समयमा मधेशमा मानिस मर्न थालेपछि हरेक वर्ष न्यानो कपडा वितरण गरिन्छ ।  जीवनस्तर उकास्न धेरै बजेट खर्च गरिन्छ ।  तर, उनीहरू सधैं चिसोसँग खेल्न बाध्य छन्। गरिब तथा विपन्न परिवारलाई शीतलहरबाट जोगाउने सरकारी योजना पनि टालटुले मात्र छ ।

मधेसमा जाडो बढेसँगै गरिब बस्तीमा बालबालिका र वृद्धवृद्धा विभिन्न रोगबाट पीडित भएका छन् ।  उनीहरुलाई पनि उपचारको खाँचो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै