बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुन्धारास्थित मदनी मस्जिदको जग्गा संरक्षण गर्न माग

 ६ माघ २०७८, बिहीबार  

काठमाडौको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिदको सरकारी जग्गा व्यक्तिको नाममा भएको भन्दै मुस्लिम समुदायका नेताहरुले सरकारी जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन् ।

बिहीबार मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायका भ्रातृ संस्थाका प्रमुख तथा प्रतिनिधिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठसँग भेटेर सुन्धारास्थित मदनी मस्जिदको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन् ।

लामो समयदेखि सो सरकारी जग्गा मुस्लिम समुदायले सुरक्षा गर्दै आएपनि पछिल्लो समय भूमाफियाले व्यक्तिको नाममा जग्गा कब्जा गरेको सरोकारवालाको भनाइ छ ।

मस्जिद कायम गर्नका लागि जग्गा सरकारको नाममा ल्याइदिन मन्त्री श्रेष्ठलाई आग्रह गरिएको र उनले उक्त जग्गा सरकारको नाममा फिर्ता गरी मस्जिद कायम गर्ने आश्वासन दिएको समिम मियाँ अन्सारीले बताए ।

उनले भने, ‘हामी यस विषयमा गम्भीर छौं, सरकारले जग्गा सरकारको नाममा फिर्ता गर्ने र मुस्लिम समुदायको लामो समयदेखि चल्दै आएको मुस्लिम समुदायको धार्मिक आस्था कायमै रहनेछ । ” छिट्टै समस्या समाधान गर्ने आश्वासन पाएका छौं । ”

मुस्लिम समुदायका अगुवाहरुले छिट्टै जग्गा सरकारको नाममा आउने विश्वास व्यक्त गरेका छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै