बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

आज देशभरका अदालत बन्द

 ९ माघ २०७८, आईतवार  

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएपछि आज देशभरका अदालत बन्द हुने भएका छन् ।

शर्माको निधनमा शोक मनाउन आज सर्वोच्च अदालतसहित उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने सर्वोच्च अदालतले जनाएको छ ।

काठमाडौं कमलपोखरीमा वि.सं. १९९१ साल पुस १ गते जन्मिनुभएका पूर्व प्रधानन्यायाधीश शर्माले २०१६ सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गर्नुभएको थियो ।

उहाँ २०५४ चैत ३० मा प्रधानन्यायाधीश पदमा नियुक्त भई मिति २०५६ मङ्सीर ३० सम्म कार्यरत हुनुहुन्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै