बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मधेशको राजधानीमा आज प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

 ९ माघ २०७८, आईतवार  

जनकपुरधाम : स्थानीय तहको निर्वाचन गर्ने गरी तत्काल मिति घोषणा गर्न र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्तको माग गर्दै नेकपा एमालेको तीन भातृ संघठनले आज जनकपुरधाममा बिरोध प्रदर्शन गरि पुतला दहन गरेको छ।

जनकपुरधामको जनक चौकमा प्रधानमन्त्री शेर बहादुर देउवा र भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवको पुतला दहन गरेको हो।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई ध्यानाकर्षणको लागि र मन्त्री यादवको बर्खास्त गर्न नेकपा एमालेका सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु र ओबिसी तीन भातृ संघठनले आइतबार जनकपुरधामको रेल्वे स्टेशनदेखि जनकचौकको कोणसभासम्म प्रदर्शन गरिएको छ।

उक्त प्रदर्शनमा “मन्त्री यादवलाई जतिसक्दो छिटो पदबाट बर्खास्त गर, नेकपा एमाले जिन्दावाद, स्थानीय निर्वाचनको मिति घोषणा गर, हत्यारा सरकार चाहिँदैन’ जस्ता नारा लगाउदै युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

निर्वाचन आयोगले प्रस्तावित गरेको वैशाख १४ गतेभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गर्दै नेकपा एमालेको सम्बद्ध राष्ट्रिय युवा संघ मधेश प्रदेशका अध्यक्ष ईद मोहम्मद (जानी खान) ले बताएका छन् ।

पदको गरिमा विरुद्ध हिंसात्मक अभिव्यक्ति दिएकाले तत्काल पदबाट हटाइएन भने सशक्त आन्दोलन गर्ने चेतावनी पनि युवा संघले दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै