सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

२४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

 ११ माघ २०७८, मंगलवार  

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नौ जनाको नमुना परीक्षण गर्दा ४६ दशमलव ३४ प्रतिशत अर्थात् १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य

मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ६७ पुगेको छ ।

२४ घण्टामा तीन हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८८ हजार नौ सय ३४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यसैबीच २४ घण्टामा दुई लाख ३९ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित अहिलेसम्म खोप लगाउने दुई करोड ९६ लाख ६४ हजार ६ सय सात जना रहेका छन् । यसमा एक करोड ६३ लाख ३३ हजार नौ सय ३७ जनाले कम्तीमा एक मात्रा र एक करोड ३१ लाख ६ हजार सात सय २६ जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै