बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुर: तीन वर्षे पाठ्यक्रम पाँच वर्षसम्म लिन नमिल्ने भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित

 १३ माघ २०७८, बिहीबार  

जनकपुरधाम : तीन वर्षे पाठ्यक्रम पाँच वर्षसम्म लिन नमिल्ने भन्दै आज सीटीईभीटीका विद्यार्थी आन्दोलित भएका छन् ।

बिहीबार सिटिईभिटीका सम्पूर्ण विद्यार्थीको तर्फबाट जनकपुरधामको मुख्य चोक हुँदै जिल्ला प्रशासन कार्यालय धनुषामा नाराबाजी गर्दै कार्यालय घेराबन्दी गरेका थिए ।

पूर्व निर्धारित समयमै परीक्षा सञ्चालन हुनुपर्ने र नतिजा प्रकाशनमा ढिलाइ नगर्न विद्यार्थीहरुले माग गरेका छन् । तीन वर्षको कोर्सलाई पाँच वर्षमा ल्याई डिप्रेसनको शिकार हुन थालेको विद्यार्थीहरूले बताएका छन् ।

सिटिईभिटीका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै