बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

दिलीप महतोलाई वातावरणीय सहिद घोषणा गर्न युवाले बुझाए वातावरण राज्यमन्त्रीलाई ज्ञापनपत्र

 १४ माघ २०७८, शुक्रबार  

जनकपुरधाम : दिलीप महतोलाई वातावरणीय सहिद घोषणा गर्न युवाले नेपाल सरकार वन तथा वातावरण राज्यमन्त्री राम सहाय यादवलाई ज्ञापनपत्र बुझाएको छ।

धनुषा जिल्ला अदालतमा दिलीपको हत्याको मुद्दा पाँच पटक सुनुवाइ भएपनि चार पटक स्थगित भएको थियो। यसैबीच, हत्या अभियुक्तले दायर गरेको मुद्दामा ११ दिनभित्र उच्च अदालतमा सुनुवाइ भई परिवारलाई कारबाही गर्न आदेश जारी भएको छ।

अदालतको आदेशपछि खुलेआम घुमफिर गरिरहेका उद्योग सञ्चालक विनोदले गत वर्ष ०७७ चैत २० गते दिलिपको परिवारविरुद्ध जनकपुर उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले दिलिपका बाबु रामजीवन, आमा चन्द्रकलादेवी र दुई बहिनी संगम कुमारी (२२) र लक्ष्मी (२०) विरुद्ध आफ्नो चुरिया बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको भन्दै मुद्दा दायर गरेका छन् । रिट दायर भएको दुई दिनपछि अदालतले परिवारविरुद्ध कारण देखाउ आदेश जारी गरेको थियो ।

विगत एक वर्षदेखि “युथ एसोसिएसन अफ नेपाल” नामक एक युवा संघले कर्तव्यको सिलसिलामा जीवन गुमाएका दिलीप महतोलाई सचेत र देशभक्त नागरिक, वातावरणीय शहीद घोषणा गर्नुपर्ने भन्दै आन्दोलित भएका थिए। यसैबीच नेपाललगायत विभिन्न संघसंस्थाले आ–आफ्नो तरिकाले विभिन्न कार्यक्रम गरी सरकारलाई दबाब दिदै आएका छन् ।

तर, “यस विषयमा सरकार र सरोकारवाला निकाय मौन रहनु युवाहरूको दुर्भाग्य हो । आरोपीहरु पनि धरौटीमा रिहा भएका छन् । यस अर्थमा भोलि कुनै पनि साहूकारले कसैको हत्या गरेर सजिलै उम्कन सक्छ भनेर हामी युवावर्गमा निराशा छाएको छ” एक ज्ञापनपत्रमा उल्लेख छ।

नेपाल सरकार वन तथा वातावरण राज्यमन्त्री राम सहाय यादवलाई सो संस्थाले ध्यानाकर्षणको लागि एक ज्ञापनपत्र बुझाएको छ।

युथ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष राहुलराज यादवको नेतृत्वमा चुडामनिया यादव, सन्तोष बलराज यादव र सर्वजित यादवले पत्र बुझाएका हुन् ।

पत्र बुझाएपछि मन्त्री यादवले भोलि गृह मन्त्रालयमा पत्र पठाउने आश्वासन दिए । उनले दिलीप महतोलाई वातावरणीय शहीद घोषणा गर्न हरसम्भव पहल गर्ने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै