बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनमत पार्टीको अराजक गतिविधि विरुद्ध राष्ट्रिय युवा संघ मधेश प्रदेश कमिटीको ध्यानाकर्षण

 १४ माघ २०७८, शुक्रबार  

जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीको अराजक गतिविधि विरुद्ध राष्ट्रिय युवा संघ नेपालको मधेश प्रदेश कमिटीले एक विज्ञप्ति जारी गरेको छ।

गत माघ १२ गते राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी विरोध प्रदर्शनको नाममा सिके राउत नेतृत्वको जनमत पार्टीको अराजक गतिविधि सच्याउन राष्ट्रिय युवा संघ नेपालको मधेश प्रदेश कमिटीका अध्यक्ष ईद मोहम्मद साफी (जानी खान मधेशी) ले एक विज्ञप्ति जारी गरेको हो ।

“उपरोक्त सम्बन्धमा मिति २०७८ साल माघ १२ गते राष्ट्रिय सभाको निर्वाचनलाई लक्ष्ति गरि सिके राउत नेतृत्वको जनमत पार्टीले विरोधको नाउँमा गरेको अराजक क्रियाकलापलाई गर्दै  मेयर, उपमेयर तथा सर्वसधारण जनतामाथि समेत दुव्र्यवहार र हातपात गरेको घटनालाई यस राष्ट्रिय युवा संघ मधेश प्रदेश आयोजक कमिटि घोर भत्र्सना गर्दछ । शान्तिपुुर्ण आन्दोलन गर्न पाउनु कानुन व्यवस्था रहेपनि जनमतका कार्यकर्ता  हरिवन नगपालिका मेयर गणेश प्रसाई, उपमेयर रेणुका पौडेल माथि गरेको संघातिक आक्रमण तथा उहाँहरुले चढेको सरकारी गाडीमा गरेको तोडफोडको घटना निन्दनीय र खेदपुर्ण रहेको छ । आन्दोलनको नाउँमा भौतिक आक्रमण, सरकारी सम्पतिमा तोडफोड गर्ने कार्यमा संलग्न जनमतका कार्यकातालाई तत्काल पक्राउ गरि कानुनी कारवाहीको लागि राष्ट्रिय युवा संघ मधेश प्रदेश आयोजक कमिटी सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग गर्दछ।” उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै