सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

जनकपुर : पेठिया बजार कोरोनाको जोखिम, स्थानीय प्रशासन र स्थानीय तह दुवैको छैन अनुगमन

 १५ माघ २०७८, शनिबार  

धनुषा : जनकपुरधामको पेठिया बजारका तरकारी बिक्रेता तथा तरकारी उपभोक्ताले स्वास्थ्य सामग्रीको प्रयोग नगरी तरकारी किनबेच गरिरहेका छन् ।

स्वास्थ्य जनसंख्या मन्त्रालयले नेपालमा तेस्रो भेरियन्ट चलिरहेको कोरोना भाइरसको जोखिमबाट बाच्न अनुरोध गरेपनि यहाँ तरकारी बजारको अनुगमन भने स्थानीय प्रशासन र स्थानीय तह दुवैले गरेको देखिँदैन, तरकारी बजार भने जोखिममा छ।

स्वास्थ्य सामग्रीको प्रयोग नगरी कोरोना संक्रमणको जोखिम बढाउन सर्वसाधारण, तरकारी उपभोक्ता र बिक्रेताले महत्वपूर्ण भूमिका खेलेका छन् । मास्कको प्रयोग पनि देखिएको छैन ।

जनकपुरका कतिपय तरकारी बजार, खाद्यान्न तथा लत्ताकपडा पसलले कोरोना भाइरसको संक्रमणबाट बच्न पर्याप्त सावधानी अपनाएको देखिँदैन । विश्व स्वास्थ्य संगठनले बारम्बार साबुन र पानीले हात धुन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ। तर कतिपय उपभोक्ता र पसले भने अलिकति पनि सावधानी नअपनाई बजारमा किनबेच गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै