बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुर : एक ग्याँस पसलमा ३ लाख बराबरको सामान चोरी

 २० माघ २०७८, बिहीबार  

सिवेन्द्र रोहिता, जनकपुरधाम : जनकपुरधामको भानु चोक नजिकै सञ्चालित एक ग्याँस पसलमा चोरी भएको छ । रामसोगारथ पण्डितले सञ्चालन गर्दै आएको विजय जेनरल सप्लायर्स पसलमा चोरी भएको हो ।

प्रायः निकै व्यस्त रहेन उक्त चोकमा सञ्चालित उक्त पसलबाट पाण्डेले ग्याँसको सिलिण्डर तथा ग्याँससम्बन्धी उपकरण बिक्री गर्दै आइरहेका छन् ।

मंगलबार राति गोदामको ताल्चा फुटाएर ३ लाख बराबरको सामान चोरी भएको पण्डितले बताए । उनका अनुसार २२ थान ग्याँससहितको सिलिण्डर, १२ थान खाली सिलिण्डर, चुल्हो, लाइटर, बर्नटसहित अन्य उपकरणहरु चोरी भएको छ ।

यो चोकमा जनकपुरधाम उपमहानगरपालिकाले सीसीटीभी क्यामेरा जडान गरेको छ । तर सीसीटीभी क्यामेराले काम गर्न छाडेको स्थानीयहरु बताउँछन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जडान गरिएको क्यामेरा बिग्रेपनि मर्मत नगराउनु दुःखद् रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै