सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

स्थानीय तहको निर्वाचनमा असल जनप्रतिनिधि छान्नुपर्छ : उपाध्यक्ष सलामत राईन

 २६ माघ २०७८, बुधबार  

जनकपुर : धनुषा टाईम्सले प्रस्तुत गरेको खुला बहस कार्यक्रममा धनुषा चेम्बर अफ कमर्शका उपाध्यक्ष सलामत राइनले “स्थानीय तहको निर्वाचन हुन लागेसँगै देशभरका जिल्लामा नेता कार्यकर्ताको दौड सुरु भएको दाबी गरेका छन्।”

उपाध्यक्ष राईनले भने, सबै पार्टीले आफूलाई असल पार्टी भन्छन् । सबै नेताहरू आफूलाई असल नेता भन्छन्, जनता र देशको सेवा गर्छन्। तर नेपाली राजनीतिमा भन्नु र गर्नुमा ठूलो अन्तर छ ।

निर्वाचन जनताको सर्वोच्च राजनीतिक अधिकारको प्रयोग गर्ने माध्यम हो । निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि चुनेर देश र समाजको विकासका लागि पठाउँछन् ।

यसैबीच फ़ेरि उनले भने, असल जनप्रतिनिधि अर्थात् नेता छनोट गर्नको लागि नेता चुन्ने व्यक्तिले पहिले होसियार हुनुपर्छ । राम्रो भावना हुनुपर्छ। मनमा स्वार्थी भावना राखेर असल मान्छे छान्न सकिदैन। त्यसैले पहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठौं ।

एउटै नेतामा सबै गुण पाउन गाह्रो छ। तर नेताका अत्यावश्यक गुणहरू के के हुन्- मलाई लाग्छ धेरै गुण भएको नेता हुनु धेरै राम्रो हो। नभए पनि नेतामा कम्तीमा तीन गुण हुनुपर्छ । ती हुन्– दक्षता, सक्रियता र इमानदारीता।

लोभी, स्वार्थी, अल्छी र अयोग्यलाई नेतृत्वबाट हटाउने राम्रो अवसर निर्वाचन हो । त्यसैगरी निर्वाचनमार्फत आफ्ना नेतामा असल, निस्वार्थ, सक्षम र क्रियाशील व्यक्तित्व स्थापित गर्न सकिन्छ । व्यक्तिगत स्वार्थका आधारमा नेता छान्नु हुँदैन । नेता असल भए समाज र देश अगाडि बढ्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै