जलेश्वर ९ मा दोस्रो कुन्दन सिंह क्रीकेट प्रतियोगिता सुरु
न्युज डेस्क
७ फाल्गुन २०७८, शनिबार

जलेश्वर नगरपालिका वाड न. ९ मा दोस्रो कुन्दन सिंह क्रीकेट प्रतियोगिता यहि मिति २०७८/११/७ गते देखि सुरु भएको छ। प्रतियोगिता मा नेपालका बिभिन टिम लगात भारतका पनि टिम सहभागी भएको छ।
यो प्रतियोगितामा क्रीकेट खेलमा चासो राख्ने खेलाडीहरुलाई मनोबल उचबनाउन र खेलप्रति युवाहरूलाई जागरुक गराउन गराउदै आएको छ।
प्रतियोगिताका संयोजन धर्मेन्द्र रायका अनुसार यो प्रतियोगिता बाट हाम्रो गाउँ समाजका युवा पिठी आज भोलि विभिन्न किसिमका लागू औसतमा लागि रहेको छ ती युवाहरूलाई खेलकुद मा प्रोत्साहन गरि समाजलाई केही हदसम्म सुधारको दिशा तिर डोर्याउन सकिनछ ।
यो प्रतियोगिताको उद्घाटन जलेश्वर नगरपालिकाका मेयर श्री राम शंकर मिश्र र संयोजक धमेन्द्र रायको हातबाट विभिन्न पार्टीका नेता तथा बुद्धिजीवीको उपस्थितमा भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै