सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मधेश प्रदेशमा सबै जातिलाई समान अधिकार छ : दिपेन्द्र झा

 ७ फाल्गुन २०७८, शनिबार  

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा न.३ स्थित बरदहा गाउँमा आयोजित सुल्तानुलहिन्द कान्फ्रेन्सको सम्मानित कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले आफ्नो मन्तव्य राख्दै सम्बोधन गर्नुभएको छ।

सम्बोधनको क्रममा उनले भने ” मधेश प्रदेशमा सबै जातिलाई समान अधिकार छ। यस प्रदेशको आठौं जिल्लामा हामीले प्रदेशका निकायबाट जातीय विभेद र छुवाछुत हटाएका छौं । समाजमा कोही नराम्रो छ, कसैसँग अन्याय, भेदभाव वा अन्याय भइरहेको छ जस्तो लाग्छ भने त्यसको विरोध गर्नुपर्छ । समाजलाई राम्रो बनाउनु पर्छ । समाज परिबर्तन गर्न आफुलाई राम्रो सोच्ने बनाउनु जरुरी छ । हामीले समाजको भलाइको लागि राम्रो गर्छौं।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै