सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

 १९ पुष २०७९, मंगलवार  

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको समस्याबारे तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।

प्रचण्डले विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन निर्देशन दिए।

विदेशबाट मोबाइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधामनन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ।’

प्रधानमन्त्रीको निर्देशन विपरीत विमानस्थलका कर्मचारीले विदेशबाट फर्कँदा ल्याएको एक अतिरिक्त मोबाइल केही दिन अघि कर्मचारीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै