बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

धनुषा: हत्या आरोपमा मृतकका आफ्नै छोरा र ज्वाईँसहित ३ जना पक्राउ

 २० पुष २०७९, बुधबार  

धनुषामा हत्याको आरोपमा मृतकका आफ्नै छोरा र ज्वाइँसहित तीन जना पक्राउ परेका छन् ।

गत पुस ९ गते धनुषाको मुसहरनिया गाउँपालिका–२ मुखियापट्टीका धनुखधारी दासको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

५० वर्षीय मोटर इन्जिनियर दासको शनिबार साँझ आफ्नै ग्यारेजमा गोली हानी हत्या गरिएको थियो । प्रहरीले पक्राउ परेका मृतकका छोरा मुखियापट्टी मुसहरनियाँ २ का २१ वर्षीय प्रदीप दास, मृतकका ज्वाईँ प्रहरी प्रधान कार्यालयमा दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत्त प्रहरी हवलदार महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराईन नगरपालिका २ जटहीका २१ वर्षीय रंजित कुमार यादवलाई सार्वजनिक गरेको छ ।

घरायसी विवादमा दुई विवाह गरेका धनुखधारीकी जेठी श्रीमतीका छोरा र ज्वाइँले ५ लाख रुपैयाँमा सुटर ल्याएर गोली हानेर हत्या गरेको प्रहरीले खुलासा गरेको छ ।

हत्या वापत अग्रिम १ लाख र हत्यापछि उनका ज्वाइँले सुटरलाई २ लाख १० हजार पटक–पटक दिए र बाँकी रकम डेढ महिनाभित्र तिर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै