बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रिन्सी फार्मेसी पसलेले म्याद नाघेको औषधि बारम्बार बेच्दा सर्वसाधारण चिन्तित, हुन्छ पक्राउ ?

 २७ पुष २०७९, बुधबार  

जनकपुरधाममा एक औषधि पसलेले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । प्रादेशिक अस्पतालको गेटअगाडि सञ्चालित प्रिन्सी फार्मेसीले म्याद नाघिसकेको औषधि बिक्री गरेको उपभोक्ताले गुनासो गरेका हुन् । सोमबार बिहान आफ्नो छोराका लागि ‘इबास्ट’ नामक औषधि किन्न पुगेका स्थानीय सुजित मिश्रलाई सो पसलेले ६ महिनाअघिनै म्याद नाघिसकेको औषधि दिएका थिए । सुजितले सुरूमा सो औषधिको उत्पादन र म्याद गुज्रेको मिति नै नहेरी घर लगे । घर पुगेपछि सुजितको छोराले औषधिको म्याद गुज्रिसकेको हेरेपछि उनलाई सोबारे जानकारी गराए । सुजित फेरी साँझ करिब ७ बजे सोहि औषधि किन्न प्रिन्सी फार्मेसी मै पुगे । तर, दोस्रोपटक पनि पसलेले उनलाई अर्को औषधि (इबास्ट) दिँदा त्यसको पनि म्याद नाघेकै पाइयो । औषधिका बट्टामा करिब एकदर्जन म्याद नाघेका औषधिहरू पाइएको थियो । यति भइसक्दासमेत पसल सञ्चालकले घटनालाई सामान्य रूपमै वर्णन गरेका थिए ।

जबकी औषधि एनअन्तर्गत दफा २३६ मा म्याद नाघेका वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने स्पष्ट व्यवस्था छ । कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्नु नहुने उल्लेख छ । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । सुजितले खरिद गरेर घर लगिसकेपछि आफूलाई म्याद नाघेको औषधि बिक्री गरेको पत्तो पाएको बताए । तर, फेरि त्यहि औषधि किन्न त्यहि पसलमा आउँदा दोस्रोपटक पनि म्याद गुज्रेकै सोही औषधि आफूलाई दिइएको उनले सुनाए ।

प्रिन्सी फार्मेसीले सो औषधि सोमबार दुईपटक मिश्रलाई बिक्री गर्यो । जसको म्याद सन् २०२२ जुन महिनामा सकिसकेको छ । पहिलो पटकमा म्याद गुज्रेको औषधि दिएको र दोस्रोपटक पनि किन्न जाँदा म्याद गुज्रेकै औषधि दिँदासमेत मिश्रलाई मेडिकल सञ्चालकले उल्टो उपभोक्ता दोषी भएको बताए । ‘औषधि हेरेर लैजानुपर्छ भन्ने कुरा उपभोक्ताले नि जान्नुपर्ने हो’, उनले भने । यस्ता प्रतिनिधि घटनाले जिल्ला प्रशासन कार्यालयको अनुगमन संयन्त्रले गर्ने निरीक्षण माथि नै प्रश्न उठेको छ । धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले औषधि पसलहरुले म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन अनुसार शीघ्र कारवाहीको लागि पहल थालिने बताए ।

म्याद नाघेको औषधि घातक : चिकित्सक

कुनैपनि औषधिको म्याद गुज्रेको छ भने त्यसले कुनै असर नै नगर्ने हुँदा समस्या नियन्त्रणको साटो झन् बढिरहन सक्ने चिकित्सक बताउँछन् ।
‘जुन समस्या नियन्त्रणको लागि भनेर औषधि खाएको छ त्यसको म्याद नाघिसकेको छ भने त औषधिले असर नगरी झन् रगतमा ग्लुकोजको मात्रा बढिरहेको हुनसक्छ’, एक प्राध्यापक चिकित्सकले भने, ‘मानसिक रुपमा औषधि खाइरहेको छु भन्ने तर त्यसको असर शरीरमा नपर्दा रोग झनै बल्झिरहेको हुनसक्छ ।’औषधि रासायनिक पदार्थ भएकोले निश्चित म्याद सकिएपछि औषधिको रसायनमा परिवर्तन भई विषालु पदार्थको रुप लिनसक्ने हुँदा त्यस्ता औषधि सेवन आफैमा घातक भएको उनको भनाइ छ । सामाजिक संजालमा यो समाचार भाइरल छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै