सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मनराशिसवा नगरपालिकामा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक

 ११ माघ २०७९, बुधबार  

महोत्तरीको मनराशिसवा नगरपालिकामा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ । ६ वटा वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । भने बाँकी ४ वटा वडामा पनि मदिरा बेचविखनमा कडाई गरेको छ ।

पुस ३० गते सम्पन्न भएको दशौं नगरसभाबाट पारित मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७२ को दफा ५ को ६ बमोजिम पालिकाका वडा नं. २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रहरुमा मदिराको उत्पादन तथा बिक्रि वितरणमा पूर्णरुपमा बन्देज गरिएको प्रमुख प्रशासकीय अधिकृत माघवेन्द्र चौधरीले जानकारी दिए । उनले वडा नं. १, ४, ६ र ७ मा दफा ५ बमोजिम सार्वजनिक कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा मठमन्दिरको चारैतर्फ ३०० मिटर दुरीभित्रको क्षेत्रमा मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्री वित्तरण गर्न नपाईने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै