राजनीति शास्त्र विद्यार्थी तनविर रेजा राइन जनमत पार्टीमा प्रवेश

जनकपुरधाम | रा.रा.ब. क्याम्पसमा अध्यनरत राजनीति शास्त्रका विद्यार्थी तनविर रेजा राइन जनमत पार्टीमा प्रवेश गरेका छन्।
विद्यार्थी संघठनको एक कार्यक्रम बिच जनमत पार्टीका केन्द्रिय सदस्य ई. शम्भुनाथ साहको हातबाट सदस्यता लिदै विद्यार्थी नेता राइनले पार्टी प्रवेश गरेका हुन् ।
विद्यार्थीको हक, हितको संरक्षण र संवर्द्धन गर्न, विद्यार्थीको बौद्धिक र चारित्रिक विकास गर्न, विद्यार्थीको अनुशासन कायम गर्न र क्याम्पसको शैक्षिक र संस्थागत विकास गर्न उदेश्यले विद्यार्थी नेता राइनले जनमत विद्यार्थी संगठनमा लागेर नेतृत्व हाक्ने उनको कथन छ। स्ववियु विद्यार्थी हकहित र अधिकार प्राप्तिका लागि जनजीविकाका सवाल र राष्ट्रियताका सवालमा पनि उत्तिकै महत्वपूर्ण योगदान दिने विद्यार्थी नेता राइनले बताए।
जनमत पार्टीका धनुषा जिल्ला पुर्व सचिव विजय साह, विद्यार्थी जनमत संघका धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र यादव, रा.रा. ब. क्यामपस कमिटीका अध्यक्ष अजय दास लगायत दर्जनौं विद्यार्थी तथा कार्यकर्ताको उपस्तिथि रहेकोे थियो। यसैबीच रा. रा.ब. क्याम्पसका अध्यनरत दिपेन्द्र ठाकुरले पनि जनमत पार्टी प्रवेश गरेको थियो ।