बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

गल्फ समाज सेवा संस्था द्वारा महोत्तरीमा दहेज मुक्त अभियान सुरु

 ३ चैत्र २०७९, शुक्रबार  

नेपाल र कतारमा संचालित नेपाली मुस्लिम युवाहरूको एक समाजिक संस्था “गल्फ समाज सेवा संस्था” ले अब दहेज मुक्त समाज निर्माण गर्न अभियान सुरु गरेका छन् |

बिहिवार महोत्तरीको लोहारपट्टि नगरपालिका वडा न.८ स्थित आयोजना गरेको को सो कार्यक्रमको प्रमुख अतिथि नेपाल मुस्लिम आयोगका अध्यक्ष मा. समिम मिया अन्सारी, अतिथि हकिम राइन, मो. इब्राहिम, वडा अध्यक्ष पंकज शर्मा लगायत समाजसेवी, बुद्धिजीवी, युवा विद्यार्थी सहित गल्फ समाज संस्था का मेम्बरहरुको उपस्थिति रहेको थियो |

दहेज मुक्त अभियान कार्यक्रमको अध्यक्षता तुफान खान, गल्फ समाज संस्थाका अध्यक्ष मो. मनान अलि, जमसेद राइन लगायत सम्पूर्ण टिमको सहभागीता र पहलमा उक्त कार्यक्रम सफलता पुर्वक सप्पन्न भएको थियो । गल्फ समाज सेवा संस्थाले विगत लामो समय देखि नेपालका हरेक जातजाति, समुदाय, वर्गको लागि सदैव तत्परता पुर्वक साथ र सहयोग गर्दै आएको एक ऐतिहासिक संस्थाको लिस्टमा आइसकेका छन् |

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै