सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

सिके राउतले दिए उपेन्द्र यादवलाई जीतको बधाई

 १४ बैशाख २०८०, बिहीबार  

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा-२ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव जनमतकै उम्मेदवार शिवचन्द्र कुशवाहालाई हराउँदै प्रतिनिधि सभाको सदस्य बन्न सफल भएका हुन्।

यादव विजयी भएलगत्तै जनमतका अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका हुन्।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई’, जनमत अध्यक्ष राउतले लेखेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो। अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ।’

यस क्रममा राउतले आफ्ना उम्मेदवार हारे पनि जनमत पार्टीले पनि जनताको अगाध माया पाएको उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै