बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

लोसपाले वन तथा वातावरण मन्त्रालय पाए मधेश सरकारमा सहभागी

 ११ जेष्ठ २०८०, बिहीबार  

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ मधेस प्रदेश सरकारमा सहभागी भएको छ ।  मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई आज बिहीबार वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका हुन्।

लोसपा संसदीय दलका नेता अभिराम शर्माका अनुसार तत्कालै मन्त्रालयसहित सरकारमा सामेल भएका हुन् । उनका अनुसार नवनियुक्त मन्त्री कुर्मीले साँझ ५ बजे सपथ लिनेछन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै