सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

माधव नेपाल किन जादैछन् न्यूजील्याण्ड, कारण भित्र छ

 १२ जेष्ठ २०८०, शुक्रबार  

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन्।

न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उनले  सम्बोधन गर्नेछन्।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए।

करिब एक साताको भ्रमणका क्रमाम अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा पनि सहभागी हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै