बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

डिएसपीको घरबाटै सुन बरामद, २ वर्ष जेल सजाय

 २१ चैत्र २०८०, बुधबार  

तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले तात्कालिन डिएसपी ठगबहादुरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले भ्रष्टाचार गरेको उजुरी परेको थियो । सो उजुरीमाथिअ नुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगल बिशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले दोषी ठहर गरेको हो ।

केसीको मुद्दामा न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार फैसला सुनाएको छ । अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैँया बिगो तथा जरिवानाको फैसला गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै