बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मधेश: मुस्लिमको भेषमा एक युवक भिख माग्दै, स्थानीयले सोधपुछ गर्दा परिचय भेटियो हिन्दुको 

 २२ चैत्र २०८०, बिहीबार  

जनकपुरधाम :  महोत्तरीको लोहरपट्टि नगरपालिका वडा न.४ खुट्टा स्थित एक शङ्कास्पद युवक मुस्लिमको भेषमा भिख माग्दै गर्दा हिन्दुको परिचय भेटिएको छ।

खुट्टा गाउँको मुस्लिम टोलमा एक अज्ञात युवक मुस्लिमको भेषमा भिख मागिरहेको अवस्थामा उनी संग स्थानीयले सोधपुछ गर्दा नाम र ठेगाना गलत बताइरहेको थियो। उक्त व्यक्ति संग सहि सहि कुरा भन नत प्रहरीको जिम्मा लगाउछु एक स्थानीयले भनेपछि अज्ञात युवकले आफ्नो नाम मुकेश सहनी र बुबाको नाम महिन्द्र सहनी घर सर्लाहीको किसानपुर वडा न.२ मा रहेकोे बताएका हुन् ।

समाचारको उदेश्य: जुनसुकै समुदायको भए पनि आफ्नै पहिरनमा भिख माग्नु पर्छ। यदि मुस्लिम समुदायको भेषमा अज्ञात व्यक्तिले उच्छृङ्खल क्रियाकलाप गरेको पाइएमा मुस्लिम समुदाय नै बदनाम हुन जान्छ । हिन्दू होस् या मुस्लिम, आफ्नै चलनअनुसार भिख या चन्दा माग्नुपर्ने स्थानीयले धनुषा टाइम्सलाई बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै