बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरधाममा राष्ट्रिय मुस्लिम परिषद नेपालको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न

 २२ चैत्र २०८०, बिहीबार  

राष्ट्रिय मुस्लिम परिषद नेपालको आयोजनामा आज बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ।

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा बिहिवार साझ उक्त संस्थाले इफ्तार कार्यक्रम गरेको हो।

यस इफ्तार कार्यक्रममा सयौं जनाले एकै ठाउँमा सामूहिक रोजा इफ्तार गरेका छन् । रमजान महिनाको २४ औँ दिन बेलुका बिहीबार साँझ ६ बजे जनकपुरको भ्रमरपुरा चौक स्थित क्राउन प्लाजामा सो सामूहिक इफ्तार गरेका हुन्।

इफ्तार कार्यक्रममा मधेश प्रदेशसभा सदस्य, मुस्लिम अगुवा, नेताकार्यकर्ता लगायत धनुषा र महोत्तरीका विभिन्न ठाउँबाट आएका युवाहरुको सहभागिता रहेकोे थियो ।

सामूहिक इफ्तार कार्यक्रमले एक समुदायमा मात्र नभई विभिन्न समुदायमा पनि एकता र सदभाव रहेको सन्देश जान्छ ।

फोटो फिचर: 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै