सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

अब कक्षा १२ पास गरेका विद्यार्थीले मात्रै २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाइने

 २३ चैत्र २०८०, शुक्रबार  

अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले मात्रै  २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् ।

प्रा. डा.कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ । चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले बताए ।

हाल माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रविणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्षे हो । यस्तै पीसीएल गरेपछि ३ वर्षे ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययन गर्न पाइन्छ ।

त्यसैगरी विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका विद्यार्थीका लागि चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै