बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मधेशमा साम्प्रदायिक हिंसा फैलाउनमा केही फेसबुकिया नेता र पत्रकारको हात

 २४ चैत्र २०८०, शनिबार  

जनकपुरधाम– मुलुकमा दर्जनौं चरमपन्थी संगठन जन्मनु नौलो कुरा होइन । मधेशमा दुई समुदायबीच झगडा गराउने षड्यन्त्र चलाएका छन् । जातीय सद्भाव र धार्मिक सहिष्णुतामा उदाहरणीय रहँदै आएको नेपाली समाजमा पछिल्लो समय एक्कासि अतिवादी घटनाहरू बढ्न थालेका छन् । समाजमा घृणा पैदा गर्ने अतिवादी मानसिकता भएका व्यक्तिलाई राजनीतिक शक्तिका कारण प्रशासनले समेत संरक्षण दिइरहेको देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपालमा भारतीय हिन्दू चरमपन्थी संगठन राष्ट्रिय स्वयम् सेवक संघ आरएस–एसमा आधारित दर्जनौं संगठन र दुई–चार राजनीतिक दल छन्। मुस्लिम समुदायमाथी अतिवादीहरूको ज्यादती दिनानुदिन बढ्दो देखिन्छ । साम्प्रदायिक दंगा वा हिंसाले केही चरमपन्थी संगठनहरूलाई फाइदा पुर्‍याएको छ। जसका कारण उनीहरुले कुनै पनि चाडपर्व वा मेलाको बहानामा हिंसा भड्काउने षड्यन्त्र अवश्य गर्नेछन् । यसतर्फ हिन्दु र मुस्लिम दुवै समुदाय सचेत हुनुपर्छ । कसैको भ्रममा परेर सुन्दर शान्त  समाज तोड्नु हुँदैन।

विगत तीन वर्षयता नेपालमा भएका सबै घटनाको बढावा दिने केही व्यक्ति, नेतादेखि पत्रकारसम्मको भूमिका प्रष्ट देखिएको छ। किनकी  अतिवादी सोच भएका केहि व्यक्ति, नेता र पत्रकारले सामाजिक सञ्जालमा सामान्य कुरामा पनि जनतालाई उत्तेजित गर्ने खालका स्टाटस लेख्ने वा बोल्ने गरेकाले दुई समुदायबीचको एकता भङ्ग गर्ने षड्यन्त्र रचेका छन्, तर पनि मधेसी जनताले यो कुरालाई बेवास्ता गरेको पाएको छ ।  यदि जनता स्वयं आफैमा सचेत भएको भए भने कुनैपनि गाउमा साम्प्रदायिक दंगा हुदैन ।

मधेश प्रदेशका जिल्लामा सद्भाव बिग्रँदै गएको छ । विगत तीन वर्षयता अतिवादीहरुले बिदेशीको इसारामा योजनाबद्ध रुपमा जातीय र धार्मिक सद्भाव बिथोल्ने गतिविधि रौतहट, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बाके, कपिलवस्तु लगायत विभिन्न जिल्लामा सद्भाव भडकाउने षड्यन्त्र रचेका छन् । यस्ता घटनाले मुलुकको राष्ट्रिय सुरक्षामा दीर्घकालीन चुनौती पनि आइसकेको छ। सद्भाव बिगार्ने अतिवादी व्यक्ति अहिलेसम्म पक्राउ समेत गरिएको छैन। बारम्बार समाजमा द्वेष उत्पन्न सिर्जना गराउने व्यक्ति को हुन् भन्ने कुरा प्रशासन निकायलाई थाहा भएता पनि अहिलेसम्म पक्राउ गरेका छैनन् ।

सामाजिक सद्भाव बिग्रँदै गएपछि अतिवादीले सामाजिक सञ्जालमा गलत सूचना फैलाउने गरेको पाइएको छ । यस्ता हर्कतले गर्दा अमनचयन समाजमा हिंसाको जोखिम बढाएको छ । सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाउँदा पनि कुनै कारबाही भएको छैन । अब शान्ति सुरक्षामा थप चुनौती थपिएको छ । सामाजिक सञ्जालमा गलत प्रचार प्रसार गर्ने समाचारलाई नियन्त्रण गर्न आवश्यक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै