सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

धनुषा निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा अशोककुमार चौधरी पुनः विजयी

 २५ चैत्र २०८०, आईतवार  

धनुषा निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा अशोककुमार चौधरी पुनः विजयी भएका छन् ।

शनिबार भएको मतदानमा चौधरीले सबैभन्दा बढी मत ल्याई विजयी भएका हुन् । उहाँ कुल २३९ मत ल्याएर विजयी हुनुभयो ।

शनिबार भएको निर्वाचनमा कुल ५ सय ९५ मतदातामध्ये ५०५ मत खसेका थिए । अध्यक्षमा चौधरीले २३९ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी रमेशकुमार यादवले १७५ मत पाएका छन् । अध्यक्ष पदका चार उम्मेदवारमध्ये जगदीश महासेठले ६४ र प्रदीप गुप्ताले १९ मत पाए ।

यस्तै संघको उपाध्यक्षमा जयप्रकाश साह (पप्पु) १३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विकासकुमार साहले ११८ मत प्राप्त गरे । संघको महासचिवमा रुपेशकुमार सिंह १३४ मत प्राप्त गरी विजयी भएका छन् ।

संघको सचिवमा मनोजकुमार साहले २०५ मत प्राप्त गरी विजयी भएका छन् भने कोषाध्यक्षमा लक्ष्मणकुमार यादवले १६४ मत प्राप्त गरी विजयी भएका छन् ।

निर्माण व्यवसायी सदस्यमा क समूहबाट सन्तोषकुमार यादव र बी समूहबाट सुभाषचन्द्र चौधरी निर्विरोध निर्वाचित भएका छन् । ‘ग’ वर्गबाट ​​उम्मेदवार नरहेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी समितिका सदस्यहरूमध्ये राजीवकुमार साह (घ)ले २११ मत प्राप्त गरी विजयी भएका छन् । सदस्यमा दीपक यादवले १८८ र कमलेशकुमार जैसवालले १८४ मत प्राप्त गरी विजयी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै