सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

‘कमल नारायणको कार्वाही गर’ सर्लाहीमा पैगम्बरको निन्दाको बिरूद्ध ऐतिहासिक विरोध प्रदर्शन

 २ बैशाख २०८१, आईतवार  

सर्लाहीको मलंगवामा नेपाल मुस्लिम बोर्डले पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र हजरत आइशा (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) को निन्दाको बिरूद्ध ऐतिहासिक विरोध प्रदर्शन गरेको छ।

सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमल नारायण दासले पैगम्बर मुहम्मदﷺ तथा इस्लाम धर्मावलम्बीको संस्कृती माथि सामाजिक संजाल मार्फत गरेको अमर्यादित टिप्पणीको विरुद्ध शनिबार सीडीओसम्मको शान्तिपूर्ण जुलुसमा हजारौं प्रदर्शनकारी सहभागी भएका थिए।

उक्त जुलुसमा सहभागी प्रदर्शनकारीहरु प्रहरीको अधीनमा रहि राजमार्गहरू केही घण्टासम्म अवरुद्ध पारेको थियो। प्रदर्शनकारीहरुले “कमल नारायणको कार्वाही गर” नारा लगाएका थिए।

नेपाल मुस्लिम बोर्डले धार्मिक विद्वान र शान्तिकर्मीसँग मिलेर सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर दोषीलाई छिटो कारबाही गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारीले आवश्यक कारबाहीका लागि छिट्टै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाइने आश्वासन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै