बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

शहजादे हुजुर शेरे नेपाल अल्लामा मुफ्ति जयाबुल मुस्तफा साहबको जरूरी ऐलान 

 ३ बैशाख २०८१, सोमबार  

जनकपुरधाम, खानकाहे बरकात लोहनाशरिफ | सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमल नारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको  छ।संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ ।

प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ गएका छन। निजले लेखेकाे कुराले वर्तमान नेपाली समाजमा कलह र अशान्तीको वातावरण सृजना गरेको ।

मुस्लिम समुदायका ईश्वरिय दुत पैगम्बर मुहमद स.को चरित्र हत्या गर्ने व्यक्तिउपर आवश्यक कारवाही गर्नुपर्दछ।धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बल्याउनेलाई कानुनी कारवाही गर्नपर्दछ।

नेपाल-नेपाली बीचको आपसी भाईचारा र मित्रता नेपाली जनताको हजारौं वर्षको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र आपसी एकता खलबलिन नदिन सबै एकताबद्व होऔं ।बहुधार्मिक, बहुजातिय, बहुभाषिक एवम् बहुसंस्कृतिले सजिएको हाम्रो नेपाललाई शान्त, संयम र सुरक्षित राख्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु ।

कुनै पनि व्यक्ति ,संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आच पुर्याउने ,धार्मिक द्धन्द्ध फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक संजालमा फोटो,लेख ,रचना वा अन्य कुनै किसिमको संकेत नगर्ने तथा जातीय ,धार्मिक सदभावमा खलल पुर्याउने कानुन विपरीतका कुनै पनि गतिविधि नगर्नु र नगराउनु हुन सम्पूर्ण नेपाली समुदायमा अनुरोध गर्दछु।

यो धर्मनिर्पेक्ष राष्ट्र हो यहाँ सबै धर्मावलम्बीहरु सम्मान जनक बस्नपाउनुपर्ने अधिकार संविधानले दिएको छ ! त्यसैले सम्प्रदायिक भडकाउने जस्ता यस्ता घटीया सोच त्यागौ?  “सबै धर्मको सम्मान गरौँ,हाम्रो देश सबै जातको साझा फूलबारी हो।।”  कसैको धार्मिक आस्था माथि नकारात्मक टिप्पणी गर्ने अधिकार हामी कसैलाई पनि छैन। सद्भाव कायम गर्ने हामी सबैको दायित्व हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै