गर्मीमा हुने छालासम्बन्धी समस्या र बच्ने उपाए

एजेन्सी । चर्को घाम र गर्मीमा घमौराले सबैभन्दा बढी सताउँछ । पसिनाका कारण ढाड, घाँटी र हात खुट्टामा फङ्गल इन्फेक्सन र ब्याक्टेरियल संक्रमणको जोखिम पनि बढ्छ ।
त्यसैले गर्मीमा छालाको विशेष ख्याल राख्नुपर्छ । धेरै पसिना आउने मानिसलाई छालामा बिमिरा आउने, रातो हुने र चिलाउने समस्या हुन्छ ।
यो मौसममा विभिन्न प्रकारका छालासम्बन्धी रोग लाग्ने खतरा हुन्छ । त्यसैले सरसफाइमा ध्यान दिनुपर्छ । पसिनाले भिजेको कपडा तुरुन्तै फेर्नुपर्छ । गर्मीमा नरम र सुतीको कपडा मात्र लगाउनु पर्छ ।
हावा आउन जान सक्ने जुत्ता लगाउनुहोस् र कुनै प्रकारको संक्रमण भएमा तुरुन्तै एन्टी फङ्गल पाउडर लगाउने र साबुनले धुने गर्नुहोस् ।
घमौराबाट बच्ने उपाय
यदि तपाईं गर्मीमा घमौराबाट बच्न चाहनुहुन्छ भने सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुहोस् । रातो दाना छ भने एन्टी फङ्गस क्रिम प्रयोग गर्नुहोस् । छालाको एलर्जी हुँदा घाँटी, ढाड र अनुहारमा सानो बिमिरा देखा पर्दछ ।
यसका लागि तपाईंले एलोवेरा जेल प्रयोग गर्नु सक्नुहुन्छ । तपाईंले पाउडर वा एन्टी फङ्गस लोशन पनि प्रयोग गर्न सक्नुहुन्छ ।
गर्मीमा हुने फङ्गल इन्फेक्सन
गर्मीमा फङ्गस र ब्याक्टेरिया बढ्न थाल्छ । यो समयमा दाद आउने र नङको संक्रमण जस्ता जोखिम बढ्छ । यसबाट बच्न आफ्नो छाला बारम्बार धुनुहोस् र सुकेपछि मात्र केही लगाउने गर्नुहोस् । सुख्खा छालाको समस्या भएमा मोइस्चराइज गर्नुहोस् । तर, छालालाई धेरै तैलीय हुनबाट जोगाउनुपर्छ ।
जुत्ता र कपडाबाट हुने एलर्जी
कहिलेकाहीँ कपडा र जुत्ताबाट पनि एलर्जी हुन सक्छ । गर्मीमा नाइलन र पोलिस्टरको कपडा लगाउँदा शरीरमा एलर्जी हुन सक्छ । खुट्टामा अत्यधिक पसिना आउनुका कारण पनि फङ्गल इन्फेक्सनको खतरा हुन्छ ।
त्यसैले गर्मीमा सुतीको र नरम कपडा मात्र लगाउनुस् । गर्मीमा खुल्ला र हावा छिर्ने जुत्ता र चप्पल लगाउनुहोस् । पसिना आउँदा खुट्टामा पाउडर प्रयोग पनि गर्न सक्नुहुन्छ ।