बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह

 ७ जेष्ठ २०८१, सोमबार  

बलवा नगरपालिकामा वडा-वडाबीच विकासको तुलना गर्ने हो भने ‘एउटा वडामा सुन त अर्कोमा नुन’ भन्ने जस्तै भेदभाव गरिएको देखिएको छ।

बलवा नगरपालिका वडा-९ को ध्रुवकुन्डमा पोलिटेक्निकलको संस्थागतको लागि सबैथोक भएसके पनि नगरप्रमुखले राजनीतिको रोटी सेक्न अहिले वडा-६ देवानमा संस्थागत गर्न लागेको स्थानीयको आरोप छ ।

बलवा नगरपालिकाको कार्यालय बलवामा, प्राविधिक कलेज बलवामा, ठुलो अस्पताल बलवामा, एम्बुलेन्स बलवामा, बारुण नियन्त्रण बलवामा, इलाका प्रहरी कार्यालय बलवामा, नेपाल राष्ट्रि्य वाणिज्य बैंक बलवामा, कृषि विकास बैंक बलवामा, कृषि कार्यालय बलवामा, आयुर्वेद कार्यालय बलवामा, नमुना विद्यालय बलवामा, पोलिटेक्निकल मधेस प्रदेशको मुख्य कार्यालय बलवामा राख्ने हो भने अरु वडाको विकास के हुन्छ? जनतासँग खेलवाड हुँदैछ। यस माथि विचार गरौं भन्दै स्थानीय बासिन्दाहरु आक्रोशित भएका छन्।

बलवा न.पा. वडा ९,१० र ११ का जनताले उक्त कुराको विरोध गर्दै ज्ञापनमा लेखिएका छन ” म बलवा नगरपालिका वडा नं ९,१०,११ का एक सचेत नागरिकको हैसियतले यो ध्यानाकर्षण पत्र लेख्दै छु। हालैको जानकारी अनुसार, पोलिटेक्निकल संस्थान वडा नं ६ मा स्थानान्तरण गरिने निर्णय भएको छ। हाम्रो वडा नं ९ का सम्पूर्ण बासिन्दा यस निर्णय प्रति गम्भीर असन्तुष्ट छन् र यसको कडा विरोध गर्न चाहन्छौं।

पोलिटेक्निकलको स्थानान्तरणले हाम्रो वडाका बासिन्दाहरूलाई धेरै समस्या उत्पन्न गराउनेछ। यो स्थानान्तरणले हाम्रो वडाको विकासमा पनि नकारात्मक प्रभाव पार्नेछ। हामी विश्वास गर्छौं कि यो निर्णय पुनर्विचार गर्नुपर्ने आवश्यकता छ। बलवा नगरपालिका वडा नं ९ र ११ का बासिन्दाहरूको भावनालाई सम्मान गर्दै, पोलिटेक्निकललाई यही वडामा नै राख्नका लागि अनुरोध गर्दछौं। यो कदमले हाम्रो वडाको विकास र प्रगतिको लागि महत्वपूर्ण हुनेछ।

वडा नं ९ अथवा ११ मा पोलिटेक्निकल संस्थान ल्याउने मुख्य कारणहरू :- 

समान विकास: सम्पूर्ण नगरपालिकाको समान विकासको लागि वडा नं ९,११ मा पोलिटेक्निकल संस्थानको स्थापना गरिनु आवश्यक छ। यसले क्षेत्रीय असन्तुलन घटाउन सहयोग पुर्‍याउनेछ।

स्थानीय समर्थन: स्थानीय समुदायको सहयोग र समर्थन वडा नं ९ ,११ मा अत्यधिक छ, जसले गर्दा संस्थानको सफल सञ्चालन र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ। अतः, हामी वडा नं ९,१०,११ का सम्पूर्ण नागरिकहरू अनुरोध गर्दछौं कि पोलिटेक्निकल संस्थान वडा नं ६ मा स्थानान्तरण गर्ने निर्णय पुनर्विचार गरी वडा नं ९,१०,११ मा नै स्थापना गर्न पहल गरिदिनुहुन। हामी आशा गर्दछौं कि तपाई हाम्रो आग्रहलाई गम्भीरतापूर्वक लिनुहुनेछ र वडा नं ९,१०,११ का नागरिकहरूको भावनालाई सम्मान गर्दै उचित कदम चाल्नुहुनेछ।”

तसर्थ: स्थानीयका अनुसार पोलिटेक्निकललाई वडा-९ मै राख्नुपर्ने उनीहरुको अडान छन् । यसो भए वडा-वडा बिच विकास र प्रगतिको समान महत्व हुने भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै