बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख

 १३ जेष्ठ २०८१, आईतवार  

विचार- सबै समुदायको छासमिस बसोबास रहेको बलवा नगरपालिकामा प्रत्येक वडाको विकास गर्ने यतिखेर सबैको चासो बनेका छन् । आपसी सद्भाव कायम राख्दै विकासमा जुट्नुपर्छ भन्ने हाम्रो चाहना रहेको मैले पाएको छु ।

बाटोघाटो, ढल, नाला, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरूमा केही हदसम्म विकास भएजस्तो देखिए पनि यो नगरका धेरै वडामा बाटोघाटो, ढल आदिको समस्या छ । यो समस्या समाधानमा राज्य, राजनीतिक दल र अब चुनिएर आउने स्थानीय जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्छ ।

यहाँको हरेक समुदायमा शिक्षा स्वास्थ्यको पहुँच कम छ । नगरको विकास हुन पहिला प्रत्येक वडाको विकास हुन जरुरी छ त्यो नगन्य छ । त्यसैले अब हामी सबै जनता, नागरिक समाज, राजनीतिक कर्मी साथीहरू तथा पत्रकार सबै एक भएर विकासको सम्भावना खोज्नुपर्छ । हामीले बोल्न जानेका छाैँ तर काम गर्न जानेका छैनौं ।

बलवा नगरपालिकाका केही वडाको निकै विकास भएको छ भने केही वडा निकै पछाडि छन् । त्यसको प्रमुख कारण भनेको बजेटको असमानुपातिक वितरण नै हो। अबका नेता र सरकाले त्यसो गर्नुभएन । जबसम्म सबै समुदायको समान विकास हुँदैन तबसम्म नगरको विकास हुँदैन ।

समविकासका लागि चेतनामूलक कार्यक्रमसँगै कृषि, पर्यटन जस्ता क्षेत्रको विकास र  स्थानीयलाई स्वरोजगार बनाउनेखालका कार्यक्रम गरिनुपर्छ ।  सबै जातजाति र भाषा धर्म अनि समुदाय मिलेर बनेको बलवा नगरको सद्भाव कायमै राख्दै यसको विकासमा सबै जुट्नुपर्छ ।

योग्य व्यक्ति नगरको प्रमुख बनेर आयो भनेमात्रै विकासले गति लिन्छ । विकास सँगैसँगै ट्राफिक व्यवस्थापन, व्यवस्थित बसपार्क जस्ता विषयलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता छ । विकासका लागि भौतिक र मानवीय विकासलाई सँगसँगै लैजानुपर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै