सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न

 ३ कार्तिक २०८१, शनिबार  

घर आंगन नियमित वचत तथा ऋण सहकारी संस्था लि. लोहारपट्टि – ७ को १३ औं बार्षिक सधारणसभा गत शुक्रबार सपन्न भएको छ ।

सो साधारणभाको सभाध्यक्ष संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुरले गर्नुभएको थियो भने प्रमुख अतिथीमा लोहारपट्टि नगरपालीकाका प्रमुख शैलेन्द्र कमार यादव र अन्य अतिथीहरुमा लोहारपट्टि नगरपालिमाका उपप्रमुख सरिता शर्मा, वडा नम्बर ७ का वडाअध्यक्ष गणेश ठाकुर, वडा नम्बर ८ का वडा अध्यक्ष रामबाबु यादब त्यसैगरी हरिशंकर शमी, अजमुदिन राइन, कृष्ण प्रसाद शर्मा, देबेन्द्र यादब, कारी साफि, जयराम ठाकुर, नागेन्द्र प्रसाद शर्मा, सुरेन्द्र ठाकुर, नवलकिशोर दुबे, गौरी पंडित लगायत ३०० जना भन्दा बढि शेयर सदस्यहरुको उपस्थिीती रहेको थियो ।

नेपालको राष्ट्रिय गानबाट सभाको सुभाआरम्भ गरिएको सो साधारण सभामा १ मिनेटको मौन धारणगरि सहिदहरु प्रति सम्मान गरीएको थियो । प्रमुख अतिथीले १३ वटा मैनबति जलाइ सभाको उदघाटन गर्न भएको थियो । सो कार्यक्रमा जेहेन्दार विधार्थीहरु लगायत अपागंलाइ खादा माला नगद आदिका साथ सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा कक्षा ११ मा अध्यनरत छात्रा सुहानी मिश्रा, सतिश कुमार मण्डल, भोगेन्द्र झा रहेका छन ।

उहाँहरुलाई क्रमश नगद रु.१०,०००, कापिकलम र वहिल चेयर प्रदान गरिएको छ। सो कार्यक्रममा स्वागत मन्तवय संस्थाका व्यबस्थापक जितेन्द्र कुमार चौधरीले गर्नु भएको थियो। साधारणसभामा बार्षिक कार्ययोजना संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुरले प्रस्तुत गर्नु भएको थियो।  उहाँले यो संस्था २५ जना शेयर सदस्य र रु.१२,५०० बाट सुरु भइ अहिले १२२३ शेयर सदस्यसहित रु ५४,२९, २०० शेयर रकम सहित रु. ३९, ४१,५६,९९७ को कारोबार गर्न सफल भएको बताए ।

सो कार्यक्रममा हरिशंकर शर्माले यो सहकारी संस्था महोतरी जिल्लाको उतकृष्ट संस्थाहरुमध्ये एक रहेको जानकारी दिनुभयो र भविष्यमा संस्थालाइ सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। त्यसैगरी नेपाली काग्रेसका प्रतिनिधी नागेन्द्र शर्माले यो संस्था बचत गर्ने राम्रो माध्यमको रुपमा रहेको जिकिर गर्नु भयो सार्थ वहांले यो संस्था समाजिककार्यमा पनि उल्लेखनिय योगदान पुरयाएको छ। वहांले शेयर सदस्यहरुलाई लाभान्वीत हुने खालका कार्यक्रम ल्याउन समेत आग्रह गर्नु भयो ।

त्यसैगरी सम्मानित हुने छात्रा सुहानी मिश्राले महिलालाइ शिक्षा दिए मात्र देश र समाजको उन्नति हुने, महिला शसक्तिकरण भए मात्र महिलाको विकास हुने बताउनु भयो । त्यसैगरी अन्य वक्ताहरुले पनि यस संस्थाले हरेक वर्ष आफना शेयर सर्वस्यहरुलाइ बोलाइ साधारण सभा गर्ने गरेको र पारदर्शिता ल्याएको बताएका छन।

घर आंगन नियमित वचत तथा ऋण सहकारी संस्था लि

सो कार्यक्रमा उपप्रमुख सरिता शर्माले अनिवार्य रुपमा महिलाहरुले बचत गर्ने गरेकोले महिलामा जनचेतना आएको बताउनु भयो। वहाले संस्थाले निशुल्क एम्बुलेन्सका लागी पहल गर्ने बताउनु भयो। प्रमुख अतिथी शैलेन्द्र कुमार यादवले अहिले शिक्षा मात्र नभइ सस्कार युत्त शिक्षा दिनु पर्नेमा जोड दिन भयो । यसले समाजमा सकारात्मक प्रभाव पार्ने वताउनु भयो। यसरी बुताले कमाएको धनको केहि भाग अनिवार्य बचत गर्नु पर्ने कुरा बताउनु भयो । अन्त्यमा संस्थाका अध्यक्षले धन्यवाद ज्ञापन गरी कार्यक्रमको पहिलो शत्र समापन गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै