सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मधेस विद्रोहको बलिदानी दिवसमा सहिद परिवारको विरोध, सम्मानको सट्टा अपमानको आरोप

 ५ माघ २०८१, शनिबार  

जनकपुरधाम,०५ माघ । मधेस विद्रोहको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा आज मधेस प्रदेश सरकारले सातौँ बलिदानी दिवस महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा विशेष कार्यक्रम गरी मनाएको छ ।अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवार र अंगभंग भएका तथा घाइतेहरुलाई आर्थिक सहयोग र सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहिद परिवारहरूले विरोध जनाउँदै कार्यक्रम बिचमै आक्रोश व्यक्त गरेका छन् ।

एक सहिद परिवारका सदस्यले आक्रोश व्यक्त गर्दै भने, “मेरो परिवारका सदस्यले २०६३ साल माघ २० गतेको आन्दोलनमा सहादत प्राप्त गरेका थिए। हामी टाढाबाट एउटा चादर र केही पैसाका लागि यहाँ आएका होइनौँ।” यस्तै, अर्को सहिद परिवारका सदस्यले भने, “हामीलाई जागिर दिन्छ भनेको थियो। मैले ब्याचलर नर्सिङ गरेर जागिर पाएकी हुँ,त्यतिकै पाएको होइन भनेर प्रश्न उठाएकी छन् ।

मधेस केन्द्रित नेताहरूले सहिदको नाम मात्र राजनीति गर्न प्रयोग गरेका हुन्। सम्मानका नाममा एउटा साधारण चादर र हजार रुपैयाँ दिई सहिदलाई अपमान भएको देखिन्छ । यस्तो कार्यक्रमले सहिदको योगदानको कदरभन्दा अपमान बढी भएको चौतर्फी आलोचना भैरहेको छ ।

सहिद परिवारप्रति गरिएको व्यवहारप्रति असन्तोष कार्यक्रममा उपस्थित अन्य व्यक्तिहरूले पनि व्यक्त गरे। सहिदहरूको योगदानको वास्तविक सम्मान गर्न सरकार र नेताहरूले उचित कदम चाल्नुपर्ने माग उठिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै