सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

 ८ माघ २०८१, मंगलवार  

काठमाडौं,०८ माघ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएकोे छ ।

अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै